जारी आइपीएलमा रोयल च्यालेन्जर्स बेंगलोरले लगातार तेस्रो जित दर्ता गरेको छ ।
आइतबार भएको पहिलो खेलमा बेंगलोरले कोलकता नाइट राइडर्सलाई ३८ रनले पराजित गरेको हो ।
चेन्नईमा बेंगलोरले दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया