पर्सा । कोरोना महामारीको पहिलो लहरबाट हटस्पट बनेको वीरगन्जको अवस्था फेरि भयावह बन्न थालेको छ। दैनिक परीक्षणमा आधामा संक्रमण भेटिन थालेको छ। आइतवार ९६ जनाको परीक्षण गर्दा ६१ जनामा कोरोना देखिएको छ। वीरगन्जमा पछिल्लो नौ दिनमा मात्रै २ सय ५१ संक्रमित थपिएका छन्। शनिवार ९० जनाको परीक्षण गरिँदा ४५ जनामा संक्रमण पुष्टि भएको थियो।
कोरोनाकै कारण वीरगन्जमा यो एक साता अवधिमा पर्सा र बाराका गरी पाँच जनाको निधन भएको छ । नारायणी अस्पतालमा उपचाररत वीरगन्ज–१६ की ५१ वर्षीया संक्रमितको आइवार निधन भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्सालाई कोरोनाको अति जोखिमको जिल्लामा सूचीकृत गरेको छ। वीरगन्जको अवस्था नियन्त्रणबाहिर गएको छ’,नारायणी अस्पतालका डा.नीरज सिंहले भने, ‘यो वैशाख महिनाले पोहोरको असार–साउनको याद गराइरहेको छ।
चैत अन्तिम सातायता देखिएको संक्रमण वृद्धि दरले कोरोना समुदायमै फैलिसकेको पुष्टि भएको उनले बताए। नारायणीकै अर्का डा. उदयनारायण सिंहले वीरगन्जमा कोरोना संक्रमणले भयावह रूप लिन थालेको बताए।
पहिलो लहरका बेला अधिकतम २० देखि २२ प्रतिशतमा मात्रै संक्रमण भेटिन्थ्यो’, डा. सिंहले भने, ‘तर, अहिले संक्रमणदर ५० प्रतिशतभन्दा बढी छ। यो तथ्यांकले अवस्था डरलाग्दो हुँदै गएको छ। यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया