भारतको नयाँ दिल्लीमा लकडाउनको घोषणा

लोकपथ
0
Shares

काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउनको घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि त्यहाँ एक हप्ताका लागि लकडाउनको घोषणा गरिएको हो ।

आज राती १० बजेदेखि नै लागूहुने गरि अप्रिल २६ सम्मका लागि लकडाउनको घोषणा गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँ अत्यावश्यक सेवाहरु भने सुचारु रहने जनाईएको छ ।

दिल्लीका विभिन्न अस्पतालमा संक्रमण दर बढेको, बेड र अक्सिजनको अभाव रहेका काकारण कडा निर्णय गर्नु परेको समाचारमा जनाइएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् भने १६१ जनाको मृत्यु भएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?