ओलिले सुलिमा चढाए पनि एमाले छाड्दैनौ : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले पार्टी अध्यक्ष केपि शर्माले कारबाहीका नाममा आफ्नो समूहलाइ सुलि मै चढाए पनि नेकपा एमाले पार्टी नछाड्ने बताएका छ्न ।

शनिवार गृहजिल्ला गुल्मीको भुवाचिदिमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै सासद तथा पुर्व मन्त्री समेत रहेका विष्टले यस्तो बताएका हुन्।

सत्ता( शक्तिको अहंकारमा पार्टी अध्यक्ष ओलिले नेपालको कम्युनिष्ट आन्दोलनलाई नै सिध्याउने गरि पार्टिको विधि र पद्धति उल्लंघन गर्दै कारबाहीका नाममा जुन खालको स्वच्छचारी व्यवहार देखाउनु भएको छ । त्यसबाट कति बिचलित नभई संघर्ष गर्ने र सुलिमै चढाए पनि आफुहरुले पार्टी छोडिदैन । उनले भने ।

ओलीले पार्टी एकताको पुरै झ्याल ढोका बन्द गरेको भन्दै नेता विष्टले बन्द ढोकाको बलेनीमै बसेर त्यस माथी ,पानी परोस रुझेरै भए पनि पार्टी एकताका लागि लडि रहने उनको भनाइ थियो ।

महाभारत कालमा पनि सन्की शासकले रामलार्इ १४ बर्ष बनवास पठाएको उल्लेख गर्दै रामलाई सत्यको जित हासिल गर्न १४ बर्ष लागेझै आफुहरुलाइ पनि सत्यको जित हासिल गर्न केही समय लाग्बे उनको भनाइ थियो ।

बहुमत सदस्य सहित नवौ अधिबेशनमा ओलि प्यानल बाटै निर्बाचित ३ जना उपाध्यक्ष समेत माधव नेपाल समुहमा रहेको बताउदै ओलि पक्षको एउटा सानो समूहले गठन गरेको महाधिवेशन आयोजक समिती, स्थायी कमिटी , कसैलाइ सुम्पिएको जिम्मेवारी र हाटाइएको जिम्मेवारी मान्री नहुने उनले बताए ।

गुल्मिको हकमा साबिक एमालेकै नेतृत्वले जिल्ला देखि वडा तह सम्म बैठक बोलाउन र साबिकै कार्यकर्ताहरु समेटन आफुले फोनमा पटक पटक भने पनि ओलि समुहले धुर्कोट बाट समानान्तर कमिटी गठन गर्न सुरु गरेको उनको भनाइ थियो ।

साबिक जिल्ला कमिटिका सचिव रहेका मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले साबिक अध्यक्ष मधुकृष्ण पन्तसँग सोध्दा साविकको सचिव सापकोटालाई हामिले चिन्दैनौ भन्नू एमाले टुक्राउने खेल माथी देखि तल सम्म भएकोले सच्चा एमाले नेता कार्यकता , समर्थक र शुभेच्छुकहरु सचेत हुनु पर्ने नेता विष्टको भनाइ थियो ।

आज नै नेता विष्टले मुसिकोट नगरपालिका १ पौदिअमाराई स्वाथ्य चौकी भवनको शिलान्यास गरेका छ्न्। त्यस कार्यक्रममा उनले सच्चा एमालेको ठूलो हिस्सा माधव नेपाल समूहमै रहेको र लोकतन्त्रको रक्षा र जनताको समृद्धिको सपना पूरा गर्न लागि परेको उद्घोष उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?