बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ५५ वर्षीया महिलाको भेरी अस्पतालमा रहेको कोभिड आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पीसीआर परीक्षण गर्दा उहाँमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । वैशाख ६ गतेदेखि उनलाई भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । यससँगै कोभिड सङ्क्रमणका कारण बाँके जिल्लामा ज्यान गुमाउने कूल सङ्ख्या ७७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया