काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर जिल्ला कमिटीको बैठकले दुई महिने अभियान सहित जिम्मेवारी बाँडफाँड गरेको छ ।
कमिटीका अध्यक्ष रजन केसी।को अध्यक्षतामा तथा एमालेको उपाध्यक्ष, वागमति प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको उपस्थितीमा शुक्रवार बसेको बैठकले सो जिम्मेवारी पार्टीको दुई महिने सुदृढ़ीकरण अभियान संचालनको लागि १०१ जनाको कमिटी बनाई जिम्मेवारी बाँडफाँट र कार्य विभाजन समेत गरेको हो ।
कमिटीको उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ र पुरुषोतम लामिछाने, सचिवमा श्याम सुन्दर बस्नेत र उप–सचिवमा राजेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिईएको छ ।
त्यस्तै, बैठकले सुर्यविनायक नगरमा दिपक बिसुंकेलाई ईन्चार्ज र दिपेन्द्रराज खत्रीलाई सह–ईन्चार्ज, भक्तपुरमा रामगोपाल चगुठीलाई ईन्चार्ज, चाँगुनारायणमा पुरुषोत्तम लामिछानेलाई ईन्चार्ज र बासुदेव खड्कालाई सह–ईन्चार्ज, तथा मध्यपुरमा प्रेमानन्दलाल श्रेष्ठ ईन्चार्ज र राजभाई जयनालाई सह–ईन्चार्जको जिम्मेवारी दिईएको छ ।
त्यसैगरी, विभागहरुमा संगठनमा श्याम सुन्दर बस्नेत, प्रचारमा निरब थापा प्रमुख र दिनेश कार्की उप–प्रमुख, आर्थिकमा राजेन्द्र श्रेष्ठ, स्कुलमा पुरुषोत्तम लामिछाने, सहकारीमा देवराज न्यौपाने, यूवामा दिपक थापा र विद्यार्थीमा लाल बहादुर रोकायालाई जिम्मेवारी तोकेको छ ।
यसैगरी जिल्लाको ३८ वटै वडाको ईन्जार्जको जिम्मेवारी दिएर पार्टीको सुदृढ़ीकरण अभियानमा खटाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया