काठमाडौं । कोरोना संक्रमणको महामारी दिनप्रतिदिन बढिरहेको बेला वर्तमान अवस्थाको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरिएको छ ।
कोरोना महामारीको अहिलेको अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदमको सम्बन्धमा शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले प्रधानमन्त्री ओली समक्ष ब्रिफिङ गरेको हो । सीसीएमसीले सिमा नाकामा कडाइ गरिनुपर्ने, जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने लगायतका विषय प्रधानमन्त्रीलाई जानकारी गराइएको बताइएको छ । सीसीएमसीले जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन नभएको पनि बताएको छ । कोरोना संक्रमणको ग्राफ दिन प्रतिदिन उक्लिइरहेको सम्बन्धमा आवश्यक परे लकडाउन नै गर्नुपर्ने अवस्था आउनसक्ने पनि प्रधानमन्त्रीलाई बताइएको छ ।
प्रधानमन्त्री ओलीले जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन नभइ कारबाही गर्नुपर्ने बताएको ब्रिफिङमा सहभागि एक अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया