काठमाडौं । शनिवारको खेलमा मेट्जलाई पराजित गर्दै पीएसजी लिग १ को शीर्ष स्थानमा उक्लिएको छ ।
मेट्जको घरेलु मैदानमा खेलिएको खेलमा पेएसजीका काइलियन एमबाप्पेले ४औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफको सुरुवाती मिनेटमै मेट्जका सेन्टोनजेले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए । एमबाप्पेले ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीको अग्रता फेरि कायम हुन पुग्यो । खेलको अन्तिम समयमा पीएसजीका स्ट्राइकर माउरो इकार्डीले पेनाल्टी मार्फत गोल गरेपछि खेल पीएसजीले ३–१ गोलले आफ्नो पोल्टामा पार्न सफल भयो ।
यो जीत सँगै पीएसजी ३४ खेलमा ७२ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ, त्यसै गरी ३३ खेलमा ७० अंक सहित लील दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया