राष्ट्रपति भण्डारीद्वारा छैटौँ भूकम्प स्मृति दिवसको सन्देश (पत्रसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छैटौँ भूकम्प स्मृति दिवसको सन्देश दिएकी छिन् ।

आइतवार एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले २०७२ वैशाख १२ को भूकम्पले ऐतिहासिक धरहरालाई भत्काएको भएपनि हाम्रो राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न नसकेको बताएकी छिन् ।
त्यस्तै भूकम्पबाट ज्यान गुमाउनेहरुप्रति श्रदान्जली अर्पण गर्दै धरहरासहितका भौतिक संरचनाहरु निर्माणमा खटिनेहरुप्रति सम्मान व्यक्त गरेकी छिन् ।

वि।सं। २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाउनु हुने दाजुभाइ तथा दिदीबहिनीहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

‘विनाशकारी भूकम्पले हजारौँको ज्यान जानेगरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऎतिहासिक धरहरालाई भत्काएको भएता पनि हाम्रो राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न सकेन । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण गर्ने र प्रभावितहरूको पुनःस्थापनाका कार्यहरूलाई लगभग अन्तिम चरणमा पुर्याएको छ । हालसम्म लाखौँको संख्यामा निजी आवास तथा हजारौँको संख्यामा विद्यालयहरूको पुनर्निर्माण भैसकेको छ भने केही निर्माणाधीन रहेका छन् । भूकम्पबाट क्षतिग्रस्त भएका रानीपोखरी‚ दरबार हाइस्कूल‚ दशरथ रंगशाला, धरहरा लगायतका ऎतिहासिक‚ सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वका संरचनाहरूको पुनर्निर्माण सम्पन्न हुनु सुखद् विषय हो । यस क्रममा धेरै सरकारी भवन‚ मठ‚ मन्दिर‚ गुम्बा आदिको पुनर्निर्माण तीव्र गतिमा भैरहेको छ ।” जारी सन्देशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?