भारतबाट फर्किएका २ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । भारतबाट घर आउँदै गरेका गुल्मिका एक जना पुरुषको बिच बाटोमै र अर्का एक जनाको घर आएको एक हप्ता नबित्दै कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका २ पिपलधाराका ४२ वर्षिय पुरुषको भारतबाट घर आउँदै गर्दा भैरहवाको क्वारेन्टाइनमा र छत्रकोट गाउँपालिका ३ हर्दिनेटाका ४५ बर्षिय पुरुषको गएराती होम क्वारेन्टाइनमा ज्यान गएको स्वास्थ्य कार्यालयय कोभिड १९ का फोकल पर्शन गोपाल कार्किले जानकारी दिए ।

उनीहरुमा गत बिहीवार कोरोना पोजेटिभ रिपोर्ट देखा परेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?