शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागेपछि…

मोरङ । मोरङ केराबारी गाउँपालिका ३ का ३२ वर्षीय हस्त बहादुर राई शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको छ ।

वैशाख ८ गते साँझ उनि सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय वन जंगलमा सोही स्थानका ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बुसँग शिकार खेल्न गएका थिए ।

त्यसको भोलिपल्ट वैशाख ९ गते दिउँसो गजेन्द्र र रुबिनले हस्त बहादुरको शिकार खेल्ने क्रममा आफूहरुले चलाएको गोली लागेर मृत्यु भएको भनि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीमा खबर आउनासाथ घटनास्थलमा ईलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी टोली खटि गई घटनास्थलबाट १ थान भरुवा बन्दुक फेला पारेको थियो ।

साथै घटनाका बारेमा थप बुझ्न ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई गजेन्द्र र रुबिनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा वैशाख ८ गते रातको ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागि हस्त बहादुर राईको घटनास्थलमा मृत्यु भएको खुल्न आएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

पक्राउ परेका उपर ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसुरमा म्यादथप गरी थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?