बालुवाटारमा एमालेको बैठक शुरु : कालो मास्क निषेध, मोबाइलबाट फोटो खिच्न नपाइने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कालो मास्क निषेध गरिएको छ ।

बैठकमा सहभागी सदस्य तथा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई कालो मास्क नलगाउन भनिएको छ ।

कालो मास्क लगाएका सञ्चारकर्मीलाई बैठक कक्षमा फोटो तथा भिडियो खिच्नका लागि प्रवेश दिइएको छैन । यस्तै बैठकको फोटो मोबाइलबाट खिच्न पनि रोक लगाइएको छ ।

एमालेले आइतारका लागि आकस्मिक बैठक बोलाएको हो भने महाधिवेशन आयोजक समिति बैठक बस्नुअघि स्थायी समिति बैठक पनि बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?