तत्काल राष्ट्रव्यापी लकडाउन नगर्ने पक्षमा सरकार

काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम उच्च भएपनि सरकार तत्काल राष्ट्रव्यापी लकडाउन नगर्ने पक्षमा देखिएको छ ।

आज बसेको नेकपा एमाले महाधिवेशन कमिटीको बैठकपछि बोल्दै परराष्ट्र मन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदिप ज्ञवालीले त्यस्तो बताएका हुन् ।

लकडाउनले कोरोना संक्रमणको जालो तोडेपनि दीर्घकालिन समाधान नभएको बताउँदै नेता ज्ञवालीले अर्थतन्त्र भर्खर तंग्रिन लागेको भन्दै तत्काल राष्ट्रव्यापी लकडाउन नगर्ने तर आवश्यक परे स्थानीय तहमा लकडाउन गर्ने बताए ।

‘लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन। अर्थतन्त्र पनि भर्खर तंग्रिन लागेको छ, कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’ ’ ज्ञवालीले भने।

त्यस्तै सरकार कोरोना रोकथाम र नियन्त्रणमा लागि परेको बताउँदै मन्त्री ज्ञवालीले नागरिकहरुमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?