कोरोना परीक्षणका लागि मात्रै आएका विदेशीको पीसीआर नगर्न निर्देशन, नमाने कारबाही

काठमाडौं । सरकारले नेपालमा ट्रान्जिट बनाएर र कोरोना परीक्षण मात्रै गर्न आउने विदेशीहरुको पीसीआर परीक्षण नगर्नका लािग प्रयोगशालाहरुलाई दिर्नेशन दिएको छ ।

नेपालमा विदेशीहरु कोरोना परीक्षणका लागि मात्र आउने कारणले संक्रमणका जोखिम बढेको भन्दै सरकारले त्यस्तो निर्देशन दिएको हो ।

आइतवार (आज) एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाइृ परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने- ‘प्रयोगशालाहरुले “कोभिड ज्ञढ को प्रयोगशाला निर्देशीका २०७७” अनुसार कोभिड १९ को परीक्षणको व्यवस्था गर्दा नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गरिदिनुहुन अनुरोध छ । तर नेपालमा ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा मात्रै कोरोना परीक्षण गर्ने गरी आएर कुनैपनि विदेशी नागरिकहरुको कोभिड(१९ परीक्षण नगरीदिनुहुन नेपालका सबै प्रयोगशालाहरुलाई निर्देशन गरिन्छ ।’

त्यस्तै उक्त निर्देशन बमोजिम काम गरी त्यस्ता विदेशी नागकिरहरुको परीक्षण गर्ने प्रयोगशालाहरुलाई कारबाही गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?