उज्यालो नेटवर्कका कार्यकारी सम्पादक तामाङ पक्राउ

काठमाडौं । प्रहरीले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ गरेको छ ।

आइतवार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कार्यकारी सम्पादक तामाङलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो।

प्रहरीको टोलीले आइतवार अनामनगर कार्यालयबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

केहिदिनअघि उक्त अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तर संस्था रअका प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सम्झौता भएको भन्दै समाचार प्रकाशित गरेको थियो।

प्रधानमन्त्री ओली र गोयलको हस्ताक्षर समेत रहेको उक्त उक्त पत्र समेत गलत भएपछि समाचार हटाएर माफि समेत मागेको छ ।

कार्यालय परिसरमा प्रहरी पुगेपछि त्यहाँ कार्यरत पत्रकारहरुले नाराबाजी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?