काठमाडौं । गण्डकी प्रदेश सभाको बैठक सोमवार (भोलि) बस्ने भएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
भोलिको बैठकमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने पहिलो सांसदबाट समामुख समक्ष पत्र प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
आज बसेको प्रदेश सभाको कार्यव्यवस्था समितिको आइतवारको बैठकले भोलि नै उक्त प्रस्ताव पेश गरेर छलफल अघि बढाइने बताइएको छ ।
गत वैशाख २ गते मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
उक्त प्रस्ताव आउने भएपछि प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गतेबाट लागू हुनेगरी प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन माग गरेका थिए । तर विपक्षी दलहरुले प्रदेश सभाको बैठक बोलाउन प्रदेश प्रमुख समक्ष निवेदन दिएका थिए । त्यसै अनुसार भोलिका लागि बैठक बोलाइएको हो ।
बैठक भोलि दिउँसो २ बजे बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया