शेरबहादुर तामाङले सम्हाले केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले केन्द्रीय कार्यालय सचिवको पद सम्हालेका छन् ।

एमाले महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका तामाङले आइतवार कार्यकार सम्हालेका हुन् ।

गत वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई केन्द्रीय कार्यालयको जिम्मेवारी दिएका थिए ।

आइतवार दिउँसो केन्द्रीय कार्यालय बबरमहलमा कार्यालय प्रमुख रहेका महासचिव ईश्वर पोखरेलको उपस्थितिमा पदभार ग्रहण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?