काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक हप्ताको लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरेको हो ।
आइतवार एक विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले त्यसबारे जानकारी गराएका छन् ।
त्यस्तै अत्यावश्यक सेवाका लागि आउने सेवाग्राहीहरुमा समेत जनश्वास्थ्यका मापदण्डह पालना गर्नका लागि आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया