काठमाडौं । सिरी ए अन्तर्गत आईतवार साँझ खेलिएको खेलमा युभेन्टस फियोरेन्टिनासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
पहिलो हाफको २९औं मिनेटमा भलाहोविचको पेनाल्टी गोल मार्फत फियोरेन्टिनाले खेलमा अग्रता लिएको थियो ।
खेलको दोस्रो हाफको पहिलो मिनेटमै युभेन्टसका स्ट्राइकर अलभरो मोराटाले जुआन क्वाद्रादोको अस्सिस्ट मार्फत गोल गर्दै साविक विजेता युभेन्टसलाई खेलमा फर्काए ।
खेलमा अरु कुनै गोल हुन नसक्दा युभेन्टस ३३ खेलमा ६६ अंक सहित तेस्रो स्थानमा बसेको छ ।
त्यसै गरी लिग लिडर इन्टर मिलानले हेल्लास भेरोना माथि जीत निकालेको छ । आईतवार नै सम्पन्न सो खेलको ७६औं मिनेटमा डिफेन्डर डार्मियनको गोल मार्फत इन्टरले भेरोना माथि १–० गोलको जीत निकालेको हो । यो जीत सँगै इन्टरको उपाधि यात्रा बलियो देखिन्छ ।
३३ खेलमा ७९ अंक सहित इन्टर शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानमा रहेको एटलान्टाले ३३ खेलमा ६८ अंक बटुल्दै इन्टर भन्दा ११ अंकले पछि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया