उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेको सन्दर्भमा आवश्यक छलफल गर्नका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । गृहमन्त्रालयको परामर्शमा आगामी कदम चालिने पनि उनले बताए ।

देशव्यापी रुपमा कोरोनाको संक्रमण बढ्न थालेपछि कोभिड संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञा गर्ने अधिकार स्थानिय तहलाई दिनुपर्ने सिफरिस सरकार समक्ष गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?