ला लिगा २०२१ : बार्सिलोनाको जित, एथ्लेटिको मड्रिडको हार, उपाधि रेस तगडा

काठमाडौं । ला लिगा २०२१ को उपाधि रेसमा अर्को मोड आएको छ । आईतवार साँझ खेलिएको खेलमा बार्सिलोनाले भिल्लारियललाई १–२ गोलले पराजित गरेको छ ।

भिल्लारियलको घरेलु मैदानमा खेलिएको खेलको २६औं मिनेटमा घरेलु टोलीले स्यामुएल चुकुवेजेको गोल मार्फत अग्रता लिएको थियो। बार्साले एन्टोइन ग्रिजम्यानको २८औं र ३५औं मिनेटको गोलले खेलमा अग्रता लिन सफल भएको थियो। दोस्रो हाफमा कुनै गोल नहुँदा खेल बार्साले जितेको हो ।

उता आईतवार राती सम्पन्न अर्को खेलमा लिग लिडर एथ्लेटिको मड्रिडले एथ्लेटिको बिलबाओसंग पराजय भोगेको छ । बिलबाओको घरेलु मैदानमा खेलिएको खेलमा घरेलु टोलीले ८औं मिनेट मै अग्रता लिन सफल भयो ।
एलेक्स बेरेङगुरले गरेको गोललाई खेलको ७७औं मिनेटमा मड्रिडका डिफेन्डर स्टेफन सावीचले बराबरी गरेका थिए । खेलको ८६औं मिनेटमा इनिगो मार्तिनेजले बिलबाओको लागि दोस्रो गोल गर्दै एथ्लेटिको मड्रिडको उपाधि सपनामा ठूलो ठेस पु¥याए ।

ला लिगाको अंकतालिका यस प्रकार छ । एथ्लेटिको मड्रिड ३३ खेलमा ७३ अंकका साथ शीर्ष स्थानमा छ । ३३ खेलमै ७१ अंकका साथ रियल मड्रिड दोस्रो स्थानमा छ भने ३२ खेलमा ७१ अंकका साथ बार्सिलोना तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?