काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा गर्ने तयारी, छलफल जारी

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गर्ने तयारी गरिएको छ ।

सोमवार (आज) बसिरहेको तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा त्यस विषयमा छलफल भइरहेको छ ।

लोकपथसँग कुराकानी गर्दै ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने- ‘कोरोना संक्रमणको जोखिम बढेसँगै १६ गतेबाट उपत्यकामा क्षेत्र हेरेर निषेधाज्ञा गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

त्यस्तै पहिले जस्तो सबै ठाउँमा एकै किसिमको प्रणाली लागू नहुने पनि उनको भनाइ छ । निषेधाज्ञा भएपनि ‘पहिले जस्तो सबै बन्द नहुने तर कोरोना अतिप्रभावित क्षेत्रमा भने कडाई गरिनेछ ।’ उनले भने ।

त्यसैगरी आजको बैठकमा कुन कुन क्षेत्रलाई कसरी सञ्चालन हुन दिने भन्ने विषयमा छलफल भइरहेको छ ।

यो पनि 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?