काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको स्वास्थ्य मापदण्ड मिचेर आयोजना गरिरहेका भेला,बैठक,समारोह प्रति टिप्पणी गरेका छन् ।
ट्वीट गर्दै उनले कोरोनाबाट जोगिन अरूलाई भेला,बैठक,समारोह नगर्न भन्ने तर प्रधानमन्त्री ओली र उनका निकटस्थहरू भेला,बैठक,समारोह गरिरहने भन्दै प्रश्न गरेका हुन् ।
रावलले प्रधानमन्त्री ओली र उनका निकटस्थहरू सरकारी निर्णय र कानूनभन्दा माथि हुने गोप्य अध्यादेश जारी गरेको होकी भन्दै व्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘कोरोनाबाट जोगिन अरूलाई भेला,बैठक,समारोह नगर्न भन्ने तर प्रमं ओली र उहाँका निकटस्थहरू भेला,बैठक,समारोह गरिरहने,यो के हो ? प्रमं ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो ?! कानूनका सामु सबै बराबर होइन र ?
कोरोनाबाट जोगिन अरूलाई भेला,बैठक,समारोह नगर्न भन्ने तर प्रमं ओली र उहाँका निकटस्थहरू भेला,बैठक,समारोह गरिरहने,यो के हो?प्रमं ओली गुटलाई सरकारी निर्णय लाग्दैन र? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो?! कानूनका सामु सबै बराबर होइन र?
— Bhim Rawal, PhD (@BhimRawal179) April 26, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया