अत्यावश्यक पसल बिहान १० बजेसम्म र साँझ २ घण्टा मात्रै खोल्न पाँइने

काठमाडौं- काठमाडौं जिल्ला प्रशासन कार्यालयले आगामी १६ गतेदेखि खाद्यान्न, औषधिलगायत अत्यावश्यक पसलहरू सिमित समयका लागि खोल्न निर्देशन दिएको छ।

आज एक सूचना जारी गर्दै प्रशासनले अत्यावश्यक पसलहरू बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खोल्न पाइने जनाएको हो । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने छ। यस्तै विवाह ब्रतबन्धजस्ता कार्यक्रममा बढीमा १५ जनासम्म मात्रै उपस्थित हुन र त्यो पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन भनेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको आदेशमा भनिएको छ, “सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने । विवाह ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्ने ।”

त्यस्तै  त्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य सवारीसाधन जिल्लाभित्र प्रवेशमा रोक लगाइने छ। एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला लगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरेर मात्र सञ्चालन गर्न पाइने रिजालले बताए।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको पास लिएर सवारी चलाउन पाइने निर्णयमा उल्लेख छ।  पत्रकारको हकमा सूचना विभागले जारी गरेको परिचयपत्र चाहिने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?