नेपाललाई ट्रान्जिट बनाएर आउने विदेशीलाई सरकारले लगायो रोक

काठमाडौं । सरकारले नेपाल ट्रान्जिट भएर अन्य मुलुकमा जाने यात्रुहरुलाई रोक लगाएको छ ।

नेपालमा कोरोना महामारीको जोखिम बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरि तेस्रो मुलुक आगमन गर्न र ट्रान्जिट बनाइ अन्य गन्तव्यमा जाने यात्रुहरुका लागि रोक लगाइएको हो ।

अध्यागमन विभागले सोमवार एक विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी गराएको छ ।

विभागका अनुसार यो नियम भोलि अर्थात वैशाख १५ गते राति १२ बजेबाट लागू हुनेछ ।

त्यस्तै विदेशबाट नेपाललाई अन्तिम गन्तव्य स्थल बनाई आगमन गर्न र नेपालबाट विदेश जान साविक बमोजिम नै नियमित बेहोरा रहेको समेत जानकारी गराएको छ ।

“विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ (नयाँ भेरियन्ट) को बढ्दो जोखिमलाई मध्यनजर गर्दै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिविवि) बाट तेस्रो मुलुकबाट प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र त्रि.अ वि लाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य गन्तव्य तर्फ यात्रा गर्न २०७८ लागि अनुरोध छ । जारी विज्ञप्तिमा भनिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?