खाँदाखाँद यात्रुहरु लिएर उपत्यका बाहिरिँदै सवारी साधनहरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिहीवार देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ ।

सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा बैशाख १६ गते बिहीवारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसैले मंगलवार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ ।

खासगरी काटेश्वर नाका र थानकोट नाकाबाट उपत्यका छाड्नेहरुको भीड बढेको छ ।

त्यसबाहेक बालाजु तर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाडने मानिसहरुको भीड लागेको छ । सरकारले काठमाडौं उपत्यकामा बिहीवारदेखि लागू हुनेगरी दुई हप्ता निषेधाज्ञा जारी गरेको छ ।

केही समय अघिसम्म यात्रुविहिन गुडेका सवारी साधनले खाँदाखाँद यात्रुहरु लिएर उपत्यका छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?