भारतमा भयावह कोरोना : एउटै एम्बुलेन्समा २२ जनाको शव

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या २५ सय नाघ्न थालेको छ ।

भारतको महाराष्ट्रको बीड जिल्लास्थित अबाजोगाईको स्वामी रामानन्द तीर्थ अस्पतालमा कोरोनाबाट मृत्यु भएका २२ जनाको शव एम्बुलेन्समा राखेर अन्त्येष्टी स्थलमा लगिएको छ ।

यो स्तब्ध पार्ने तस्वीर महाराष्ट्रस्थित बीडको हो । महाराष्ट्रमा कोरोनाको स्थिती भयावह बन्दै गएको छ । त्यहाँ दैनिक मृत्यु हुनेको संख्याले नयाँ नयाँ रेकर्ड कायम गर्ने गरेको छ । संक्रमितको शव व्यवस्थापन गर्न अब एम्बुलेन्स पनि नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शवबहान नभएका कारण रामानन्द तीर्थ अस्पतालबाट त्यसरी एउटै एम्बुलेन्समा राखेर लगिएको हो । शवलाई अमानविय ढंगले लगेका कारण मानिसहरुले असन्तुष्टि जनाइ रहेको पनि समाचारमा जनाइएको छ ।

अस्पताल प्रशासनका अनुसार अस्पतालमा जम्मा दुई वटा एम्बुलेन्स रहेको छ ।

थप मगाइएको एम्बुलेन्सअझै नआइपुगेकोले एउटै एम्बुलेन्समा त्यसरी शव लानु परेको अस्पतालले जनाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?