काठमाडौं । काठमाडौंमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका १४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका १४ का ६३ वर्षीय कमल थापालाई हिजो सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भने खबर प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया