उर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवार मन्त्री रायमाझीसहित परिवारका सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण भएसँगै मन्त्री रायमाझीलाई काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पालतमा राखिएको छ । साथै मन्त्री रायमाझीको अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?