भारतीय भेरियन्ट खतरा रहेको चर्चा, डब्ल्यूएचओको यस्तो अनुरोध

काठमाडौं । धेरै हतारमा कोरोनाको भारतीय भेरियन्ट बढी खतरनाक रहेको निष्कर्षमा नपुग्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ ।

भारतमा कोरोना संक्रमण बढ्नुमा नयाँ भेरियन्ट कति जिम्मेवार छ भन्ने प्रष्ट नभएको भन्दै डब्ल्यूएचओले यसलाई ‘चिन्ताजनक’ भनेर वर्गीकरण नगरिएको प्रष्ट पारेको हो ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले संक्रमण फैलिनुमा धेरै तत्वले भूमिका खेलेको हुन सक्ने जनाएको छ । धेरै भिडभाड गरेर चाडपर्वलगायत कार्य आयोजना गरेकाले संक्रमण तीव्र रुपमा फैलिएको डब्ल्यूएचओकी प्रवक्ताले बताएकी छिन्।

डब्ल्यूएचओले कोभिड–१९ को दक्षिण अफ्रिकी, ब्राजिलियन र बेलायती भेरियन्टलाई मात्र ‘चिन्ताजनक भेरियन्ट’को रुपमा वर्गीकरण गरेको छ । डब्ल्यूएचओका अनुसार छिट्टै फैलने, संक्रमित बढी सिकिस्त हुने र प्रतिरक्षा प्रणाली कमजोर बनाउने खालको भेरियन्टलाई चिन्ताजनक मानिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?