विज्ञापन संघको कार्यसमिति सदस्यमा सुवेदी चयन

काठमााडौं । नेपाल विज्ञापन संघको कार्यसमिति सदस्यमा हरिशरण सुवेदी चयन भएका छन् ।

वैशाख ३ गते बसेको संघको ४८९ औं बैठकले सुवेदीलाई कार्यसमति सदस्यमा सर्वसम्मतले चयन गरेको हो ।

सुवेदी करिब दुई दशक देखि नेपाली विज्ञापन जगतमा वस्तु उत्पादन सेवा ब्रान्डिङ मिडिया हाउसमा क्रियाशिल छन् ।

सदस्यमा चयन भएसँगै सुविदीले विज्ञापन बजारमा रहेको बेथितिलाई हटाउँदै संस्थागत सुशासन र विकासमा योगदान पुर्‍याउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?