काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाई, स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ २५ हजार रुपैयाँ घु्स रकमसहित पक्राउ परेका छन् ।
उनले दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकहरुलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नका लागि घुस लिन खोज्दा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट गएको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भईरहेको प्रवक्ता रिसालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया