युईएफए च्याम्पियन्स लिग : रियल घरेलु मैदानमै बराबरीमा रोकियो

लोकपथ
175
Shares

काठमाडौं । युईएफए च्याम्पियन्स लिग २०२१ को पहिलो सेमी फाइनलको पहिलो लेगको खेलमा स्पेनिश क्लब रियल मड्रिड र इंग्लिश क्लब चेल्सी १–१ गोलको बराबरीमा रोकिएका छन् ।

रियल मड्रिडको अभ्यास तथा अस्थायी घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा नेपाली समय अनुसार राती १२ः४५ बजे किकअफ् भएको सेमी फाइनल खेलको १४औं मिनेटमा नै पाहुना टोलीले अग्रता लिन सफल भयो । डिफेन्डर एन्टनियो रुडिगरको पासलाई चेल्सीका क्रिस्टीयन पुलिसिचले उत्कृष्ट गोलमा परिणत गर्दा चेल्सीले खेलमा अग्रता लिएको थियो ।
तर पहिलो हाफको २९औं मिनेटमा रियलका स्ट्राइकर करिम बेन्जिमाले भली गोल प्रहार गर्दै रियललाई १–१ गोलको बराबरीमा पुर्याउन सफल भए ।

त्यसपछि खेलको ९० मिनेटको दौरानमा दुबै टोलीले अरु गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । चेल्सीले सो खेलमा महत्वपूर्ण अवे गोल हासिल गरेको छ । अब दोस्रो लेगको सेमी फाइनल खेल मे ६ तारिखमा चेल्सीको स्टयामफर्ड ब्रिजमा खेलिने छ ।

हिजोको गोलसँगै करिम बेन्जिमा युईएफए च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक गोल गर्नेको सूचीमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की पछि ४औं नम्बरमा पर्न सफल भएका छन् । उनले ७१ च्याम्पियन्स लिग गोल गरिसकेका छन् ।

आज राती हुने दोस्रो सेमी फाइनल को पहिलो लेगको खेलमा फ्रेंच क्लब पीएसजी र इंग्लिश क्लब म्यानचेस्टर सिटी पेरिसको पार्क डे प्रिन्सेसमा आमने सामने हुँदै छन् ।

अहिलेलाई एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । सो अवधिमा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?