काठमाडौं । आज काठमाडौं उपत्यकामा एकैदिन २ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा मात्रै १४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज देशभरबाट ७७३ जना कोरोना संक्रमितहरु कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने हाल सम्म नेपालमा ५४ जना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कुल संक्रमितको ८९ दशमलव ३ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम हुँदै गएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ४८ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ४७ सय ७४ जनाको पीसीआर पोजेटिभ र १२३ जनाको एन्टिजेन पोजेटिभ भएको मन्त्रालयले जनाएको छ ।
आज देशभर १३ हजार ८ सय ७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा सो परिमाणको नतिजा आएको हो । त्यस्तै हाल नेपालमा ३० हजार २ सय ९ जना कोरोना संक्रमित रहेका छन् । यसो त नेपालमा ४३ सय बढीमा कोरोना देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया