निषेधाज्ञा लागु भएका जिल्लामा दैनिक चार घण्टा बैंक खुल्ला

काठमाडौं । आजबाट निषेधाज्ञा लागु भएका जिल्लामा बैंकहरु दैनिक चार घण्टा मात्र खुल्ने भएको छ।

केन्द्रीय बैंक र बैंकरबीच बुधबार भएको सहमतिअनुसार काठमाडौं उपत्यकासहित निषेधाज्ञा लागु भएका देशभरका करिब एक दर्जन जिल्लामा बिहान १० देखि दिउँसो २ बजेसम्म बैंक खुला रहने भएको हो।

उक्त सहमतिअनुसार बैंकहरुले तोकिएको अवधिसम्म स्वास्थ्यका मापदण्ड पालना गर्दै सबै शाखा खुला राखेर सेवा दिनुपर्नेछ।

बैंकहरु दैनिक चार घण्टा खुल्ला रहने भए पनि सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न नेपाल बैंकर्स एसोसिएसनले आग्रह गरेको छ।

बैंकहरुका एटीएम भने साविककै अवस्थामा खुल्ला रहने भएकाले एसोसिएसनले एटीमएम तथा मोबाइल/इन्टरनेट बैंकिङमार्फत कारोबार गरी संक्रमण नियन्त्रणमा सहयोग गर्न समेत आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?