कैलाली। धनगढीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोककी ४६ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।
सुगर र प्रेसरको बिरामी रहेकी उनलाई स्वासप्रश्वास मंगलबार उपचारका लागि सेती प्रादेशिक अस्पताको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। पीसीआर चेक गर्दा बुधबार ११ बजेतिर उनमा कोरोना पोजेटीभ देखिएको सव ब्यबस्थापनका लागि श्री भवानी दल गण धनगढीका सह–सेनानी नवल सिहं रोकायाले बताए।
कोरोना पुष्टि भएको १२ घण्टा अर्थात बिहीबार बिहान १२ः३० बजेको समयमा उपचारका क्रममा इमर्जेन्सी वार्डमा मृत्यु भएको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया