काठमाडौं । कोरोना भाइरस संक्रमणपछि अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ ।
नर्भिक इन्टरनेशनल हस्पिटलका अनुसार ‘उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको छ । अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या भने देखिएको छैन।
सोहि अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य छ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई भने अक्सिजनकै सामान्य सपोर्टमा उपचार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया