काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले बिहीवार (आज) बिहानदेखि उपत्यकासहित धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ ।
वैशाख १३ गते बसेको तीनै जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दुई दिन गाउँ फर्किने समय दिँदै १६ गतेबाट निषेधाज्ञा जारी गर्ने निर्णय गर्यो ।
त्यससँगै धेरै मानिसहरु काठमाडौं उपत्यकाबाट गाउँ गाउँ फर्किएका छन् । तर केही मानिसहरु भने आज पनि निषेधाज्ञाको अवज्ञा गर्दै गाउँ फर्किनको लागि झोला बोकेर गन्तव्यतिर जाने क्रममा सडकमा देखिएका छन् । त्यसो त निषेधाज्ञाको समयमा पनि कतिपय ठाउँका सडकहरु सञ्चालन भइरहेका र मानिसहरु अन्य समयमा जस्तै बाहिर हिडिँरहेको देखिन्छ ।
चोकचोकमा प्रहरीले चेकिङलाई कडा बनाएको छ । कतिपय ठाउँहरुमा त सशस्त्र प्रहरी समेत खटाइएको छ । सधैँ व्यस्त हुने काठमाडौंका सडक भने अहिले सुनसान बनेका छन् ।
तस्वीर : दिपक विक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया