काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (बिहीवार) को पहिलो खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
दिल्लीको अरुण जेट्ली स्टेडियममा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको मुम्बईले २० ओभरमा राजस्थानलाई १७१ रनको योगफल बनाउन दिएको थियो।
राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले सर्वाधिक ४२ रनको पारी खेलेका थिए भने ओपनर जस बटलरले ४१ रनको योगदान दिएका थिए।
१७२ रनको योगफल पछ्याउने क्रममा मुम्बईले १८.३ ओभरमा ३ विकेट गुमाउँदै विजय प्राप्त गर्यो। मुम्बईका लागि विकेटकिपर क्विन्टन डे ककले अविजित ७० रन बनाउन सफल भए। उनी खेलको ‘म्यान अफ दि म्याच’ पनि घोषित भए।
यस जितसँगै मुम्बई ६ खेलमा ६ अंकका साथ चौथो स्थानमा बलियो देखिएको छ भने राजस्थानले ६ खेलमा मात्र ४ अंक जोड्दै सातौं स्थानमा चित्त बुझाउनु परेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया