मधेश आन्दोलनका मुद्दा फिर्ता : प्रदेश २ का धेरै शहरहरुमा दिप प्रज्वलन

काठमाडौं । मधेश तथा थरुहट आन्दोलनका मुद्दाहरु नेपाल सरकारले फिर्ता लिएपछि मधेशी युवाहरुले राजविराजसहित मधेशका विभिन्न प्रमुख शहरहरुमा मैनबत्ती प्रज्वलन गरेका छन् ।

सरकारले बुधवार १ सय २० वटा मुद्दाहरु फिर्ता लिएको निर्णय सार्वजनिक गरेको थियो । जसको स्वागतमा बिहीवार राजविराज, लहान, जनकपुरसहितका ठाउँहरुमा सरकारी निर्णयलाई स्वागत गर्दै मैनबत्ती प्रज्वलन गरिएको छ ।

राजविराजस्थित दशनचोक र गजेन्द्र चोकमा मैनबत्ती प्रज्वलन गरी सरकारको निर्णयलाई स्वागत गरिएको हो ।

यसैगरि सिरहाको लहान, धनुषाको जनकपुरधाम लगायतका स्थानहरुमा जसपाका नेता कार्यकर्ताहरुले मैनबत्ती प्रज्वलन गरी सरकारको निर्णयलाई स्वागत गरेका हुन् ।

सरकारले मधेश थरुहट आन्दोलनका क्रममा लगाइएको सरकारवादी १५ मुद्दासँग सम्वद्ध १२० जनाको मुद्दा मन्त्रिपरिषद्को निर्णयबाट फिर्ता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?