संविधानविद् डा. आचार्यले भने- ‘सरकारको असंवेदनशील रबैयाको साक्षी नबसौँ’

काठमाडौं । संविधानविद् डा. भीमार्जन आचार्यले मुलुक कोरोना महामारीमा ग्रसित भएपनि सरकार त्यसबारे वेखबर भएकोप्रति आपत्ति जनाएका छन् ।

समाज र मुलुकको पवित्रताको लागि राजनीतिले मूल्य गुमाइसकेको बताउँदै संविधानविद् आचार्यले बरु राजनैतिक नेतृत्वनै नहुनु श्रेयकर भएको बताए । सरकार कोरोना महामारी भन्दा पनि विभिन्न तिकडमबाजी गरेर आफ्नो सत्ता जोगाउने खेलमा लागेको बताउँदै त्यसको साक्षी नबन्नका लागि समेत आग्रह गरेका छन् ।

उनले भने- ‘समाज र मुलुकको पवित्रताका लागि कुनै पनि मूल्य नभएको वा नैतिकता शून्य राजनीति वा नेतृत्व हुनु भन्दा त्यस्तो राजनीति अस्तित्व मै नहुनु बढी श्रेयस्कर हुन्छ। यसबारेमा गम्भीर बनौँ । सरकारको असंवेदनशील रबैयाको साक्षी नबसौ। आआफ्नो तरीकाले आवाज उठाऔं ।’

जनता अति आवश्यकीय स्वास्थ्य सेवा लिनबाट बञ्चित भएपनि राजनीतिक नेतृत्व भने त्यसको वेवास्ता गर्दै सभ्य समाज र राजनीतिमा कल्पना नै गर्न नसकिने तरिकाले सत्ता जोगाउने खेलमा लागेको बताए ।

सामाजिक सञ्जालमा लेख्दै डा. आचार्यले अराजनैतिक, अपवित्र र अवैध स्वार्थको रक्षाका लागि जस्तोसुकै हर्कत गरी सत्ता टिकाउने खेल लोकतन्त्रमा मान्य नहुनेसमेत डा आचार्यको ठम्याइ रहेको छ । डा आचार्यले भने- ‘मुलुक नयाँ रोगबाट सङ्क्रमित छ। गरीब, असहाय,राजनीतिक शक्तिमा पहुँच नभएका जनता अति आवश्यकीय स्वास्थ्य सेवा र अस्पतालको पहुँचबाट समेत बञ्चित छन। यस्तो भयावहको अवस्थामा जनताका पिर मर्काका बारेमा चिन्तित र संवेदनशील हुनु त कता हो कता एउटा सभ्य समाज र राजनीतिमा कल्पना पनि गर्न नसकिने तरीकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी छन। लोकतन्त्रमा सत्ता केवल वैध तौरतरिकाबाट मात्र प्राप्त हुन्छ। सञ्चालन पनि सोही अनुसार नै हुनु पर्दछ। र, यसको उद्देश्य पनि वैध नै हुनु पर्दछ । आफ्ना अनैतिक, अराजनैतिक,अपवित्र एबम् अवैध स्वार्थको रक्षाका लागि जेसुकै र जस्तो सुकै हर्कतबाट सत्ता जोगाउने वा सत्ता फाल्ने छुट राज्यसञ्चालकलाई लोकतन्त्रमा हुदैन ।’

लोपथकबाट प्रकाशित यो सामाग्री पढ्नुभएको थियो ?

यसकारण कायम हुन सकेन सुशासन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?