बारा। वीरगन्जको अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्जको नेसनल मेडिकल कलेज सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा एक जना र नारायणी बयोधा अस्पतालमा एक गरी दुई जनाको उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको हो।
वीरगन्ज महानगरपालिका–९ निवासी ७४ वर्षकी महिलाको साँझ साढे ५ बजे नेसनल मेडिकल कलेजले सञ्चालन गरेको कोभिड अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।
यस्तै, वीरगन्जको नारायणी बयोधा अस्पतालमा उपचाररत बाराकी एक कोरोना संक्रमितको शुक्रबार साँझ सवा ६ बजे मृत्यु भएको छ।
अस्पतालमा उपचाररत बाराको आदर्शकोतवाल गाउँपालिका २ बस्ने ७० वर्षकी द्रोपती मिश्राको मृत्यु भएको हो।
वैशाख ११ गते श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई उपचारका लागि वीरगन्जको नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियोे।
गत १६ वैशाखमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना देखिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
मिश्रका अनुसार संक्रमित महिलाको उपचारका क्रममा शुक्रबार साँझ अस्पतालमै मृत्यु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया