काठमाडौं । शनिवार बिहानै लुम्बिनी प्रादेशिक अस्पतालमा दुई जना कोरोना संंक्रमितको मृत्यु भएको छ । नवलपरासी र रुपन्देहीका गरि २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।
नवलपरासीको रामग्राम नगरपालिका १० की ४५ वर्षिया महिलाको बिहान ४ बजे मृत्यु भएको छ भने रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
वैशाख १३ गते संक्रमण पुष्टि भएका उनीहरु १६ गते देखि त्यस अस्पतालमा भर्ना भई उपचार गराई रहेका थिए ।
त्योसहित त्यस अस्पतालमा मृत्यु हुनेको संख्या १ सय ९२ जना पुगेको जनाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया