रोल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा नगरपालिका-९ चोयवाङ बस्ने १७ वर्षीय किशोर पक्राउ परेका छन् ।
किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ती किशोरलाई पक्राउ गरि घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया