बुटवल। बुटवलमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा बुटवलमा ४ सय ३२ जना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २ सय ५ जना संक्रमित थपिएका छन्। योसँगै बुटवलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय पुगेको छ।
स्वास्थ्य कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिकामा ६५ जना, तिलोत्तमा नगरपालिकामा ७२ जना, देवदह नगरपालिकामा २३ जना संक्रमित थपिएका हुन्। हाल यहाँ सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ।
रूपन्देहीमा वैशाख १ गतेयता संक्रमणदर एकाएक उकालो लागेको छ। वैशाख १ मा ३८ जना संक्रमित देखिएकोमा १८ गतेसम्म आइपुग्दा दैनिक संक्रमित हुनेको संख्या ४ सय ३२ पुगेको छ। यो संख्या वैशाख १ यता निरन्तर बढेको देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया