संसद भवन नयाँ बानेश्वरमा सांसदहरुको स्वाब संकलन शुरु (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारी गर्दै सांसद लगायत बैठकमा आवश्यक सम्पुर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परीक्षणका लागि स्वाव संकलन कार्य शुरु गरेको छ ।

स्वाव संकलनका लागि सचिवालयले आज बुधवार र भोली बिहीवारका लागि तालिका नै सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार आज प्रतिनिधिसभाका सभामुख, सांसदहरु, महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरुको, संघीय संसद सचिवालयका कर्मचारीहरु तथा सभामुखको निजी सचिवालयमा कार्यरत कर्मचारीहरुको स्वाव संकलत गरिने छ । नयाँवानेश्वर स्थित संघीय संसदको सचिवालयको लोत्से हलमा स्वाब संकलन जारी छ ।

लोत्सेहल पुगी सभामुख अग्नि सापकोटाले स्वाव दिईसकिएको छ । त्यसैगरी सांसदहरु पनि स्वाव दिनका लागि संघीय संसद भव नयाँ वानेश्वर पुगेका छन् । संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बुधवार र बिहीवार स्वाव संकलन गरिने र कसैको रिपोर्ट पोजेटिभ आएमा के कसरी कस्तो व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने जानकारी दिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विशेष बैठक भएकाले सो बैठकमा सबै सांसदहरुको उपस्थिति हुनुपर्ने र कुनै सांसदलाई कोभिड पोजेटिभ देखिएको अवस्थामा मतदानको व्यवस्था कसरी मिलाउने भन्ने कुरा टुंगो लगाउनुपर्ने हुन्छ ।

प्रवक्ता पाण्डेका अनुसार, भोलि बिहीवार अन्तराष्ट्रिय सम्मेन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु , संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाव परीक्षण गरिने छ ।

सरकारले विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?