काठमाडौं । युधिष्ठिरले श्रीकृष्णजीलाई वैशाख कृष्ण पक्षमा पर्ने एकादशीको महिमा बताउनु भनेर आज्ञा गर्दा श्रीकृष्णजी भन्नु हुन्छ । हे राजन ! यस लोकमा र परलोकमा पनि सुख–सौभाग्य दिने वरूथिनी एकादशी वैशाख कृष्ण पक्षमा हुन्छ । वरूथिनी एकादशीको व्रतको प्रभावले सर्वता वर्तीलाई सुख शान्ति हुन्छ । अनि समस्त पापको नाश र नाना प्रकारको सौभाग्यको प्राप्त हुन्छ । विधवा स्त्रीले पनि वरूथिनी एकादशीको व्रत वस्नाले सुख शान्ति पाएर भाग्यमानी हुन्छिन् ।
यो वरूथिनी एकादशी सारा लोकलाई भुक्ति (सुखभोग) र मुक्ति (मोक्ष) दिनेवाला छ । अनि मनुष्यहरुको सारा पापलाई नाश गरिदिन्छ र गर्भवासको दुःखलाई छुटाईदिन्छ । अर्थात गर्भवासको आवागमनलाई मेटाईदिन्छ । वरूथिनीको व्रतको प्रभावले नै मान्धाता स्वर्ग गएका थिए । त्यस्तै धुन्धुमार आदि अरु धेरै राजाहरु पनि स्वर्ग गए । भगवान शिवजी पनि ब्रहाकपालबाट छुटे । जो मनुष्य दश हजार वर्षसम्म तपस्या गर्दछ त्यो तपस्याको फल–बराबर फल केवल वरूथिनीको व्रतबाट नै प्राप्त हुन्छ । श्रद्धा–भक्तिपुर्वक जो मनुष्यले वरूथिनी व्रत गर्दछ त्यो यस लोकमा र परलोकमा पनि आफुले चाहेको फल पाउँछ । पवित्र र अरुलाई पनि पवित्र पार्ने यो वरूथिनी ठूला–ठूला पापहरुलाई पनि नाश पारिदिन्छ । हे श्रेष्ठ राजा १ जसले यसको व्रत गर्दछ त्यसलाई मुक्ति पनि दिन्छ ।
हे नृपश्रेष्ठ ! घोडाको दान भन्दा हात्तीको दान फलदायक हुन्छ । हात्तीको दान भन्दा भूमिको दान महत्वपूर्ण छ ,तिलहरुको दान भूमिदानभन्दा पनि अधिक फलदाएक छ ।
तिलदान भन्दा पनि बढेर सुवर्णदान हुन्छ र अन्नदान त कता हो कता सुवर्णभन्दा पनि अधिक फलदायक हुन्छ । अन्न दान भन्दा ठूलो दान अरु केही हुने छैन । पितृदेवता र मनुष्यहरुको तृप्ति अन्नले नै हुन्छ । कविहरुको कन्यादानलाई अन्नदान बराबर फलदाता बताएका छन् । स्वयं भगवानले पनि भन्नुभएको छ कि गाईदान पनि कन्या दानकै बराबर हुन्छ । माथि कहिएका सबै दान भन्दा विशेष फलदाता बिद्यादान हुन्छ ।
जो मनुष्य वरूथिनीको व्रत गर्छ अर्थात वरूथिनीको व्रत गरेर पनि मनुष्य बिद्यादानकै बराबरको फल पाउँछ । पापले मोहित (वंश) भएका जो मनुष्य कन्याको धनले जीवन निवाह गर्दछ । ती मनुष्यहरु सारा संसार प्रलय नभएसम्म नरकमा जाकिन्छन् ।
त्यसकारण हर तरहले कन्याको धन नलिनू । जो जन कन्या बेचेर लोभले त्यो धन लिन्छन् , हे राजन १ त्यो जन अर्को जन्ममा अवश्य नै बिरालो हुन्छ । जो जन यथाशक्ति सावगास अनुसार कन्यालाई गरगहनाले सिँगारपटार पारेर अर्थात धन लगाएर कन्यादान गर्छ , त्यसको पुण्यको लेखा लाउन त चित्रगुप्त पनि समर्थ हुँदैनन् । त्यही कन्यादानको फल जस्तै फल मनुष्यको वरूथिनी व्रत गरेर पाउँदछ । वरूथिनीको व्रत वस्ने विष्णुभक्त वैष्णव मनुष्यले अघिल्लो दशमीको दिनमा काँसको भाँडामा भोजन ,अनि मासु ,मसूराको दाल, चना, कोदो तथा साग मह,अर्काको अन्न दुईछाक खानु अर्थात पुनर्भोजन र मैथुन यी दश कुरा त्याग्नु पर्दछ ।
अनि एकादशीमा पनि जूवा खेल्नु,दिउँसो सुत्नु,पान खानु,दतिउन लाउनु ,अर्काको निन्दा गर्नु ,चुगुलखोरी गर्नु ,पतित नीचहरुसँग कुराकानी गर्नु । क्रोध गर्नु , झुटो बोल्नु आदी कुरा एकादशीको दिन गर्नुहुदैन । अनि द्वादशीको दिन पनि काँसाको भाँडामा खानु ,मासु ,मसूराको दाल,मह , झुटो बोलाई ,व्यायाम,प्रयास, पुनर्भोजन, मैथुन,नून, तेल खस्नु , अर्काको अन्न खानु यी काम गर्नु हुदैन । यस्ता प्रकारले वरूथिनीका व्रत गर्नाले तिनको सारा पाप नाश गरेर अत्तमा अक्षय (अविनाशी) गति दिन्छिन् ।
पापदेखी डराउने डरपोक मनुष्यहरुले कसैगरि पनि वरूथिनी उपास्नैपर्छ । वरूथिनीको कथा सुन्नाले वा पढ्नाले मात्रै पनि हजार गाईदान गरेको पुष्य प्राप्त हुन्छ । नर्क भनेको देख्नै नपर्ने ती सारा पापबाट छुट्तछ र मरेपछि विष्णुलोकमा गएर मजा गर्दछ ।
ज्यो.दुर्गा प्रसाद भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया