काठमाडौं । सरकार र थारुवान र थारुहट संयुक्त संघर्ष समितिबीच सहमती भएको छ ।
मंगलवार भएको ६ बुँदे सहमती अनुसार थुनामा रहेका जसपाका नेता रेशम चौधरी लगायत माथि लगाइएको मुद्दा फिर्ता लिने सहमती भएको छ भने कानूनसम्मत रुपमा रिहाइको लागि पहल गरिने समेत बताइएको छ ।
थरुहट/थरुवान आन्दोलनको क्रममा शहीद भइ राहत प्राप्त गर्नबाट बन्चित परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गराउने र घाइते परिवारलाई उपचार गर्न सरकार राजी भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया