ब्यूटीपार्लरले दिएको भर, निषेधाज्ञाका कारण चलाउनै मुस्किल घर !

लोकपथ
441
Shares

चन्द्रकला कार्की /काठमाडौं – २०६२ सालदेखि ब्यूटीपार्लर चलाउँदै आएकी छिन् ३८ बर्षीय सविता पौडेलले । उनले पार्लरकै कमाईले घरखर्च चलाउन थालेको करीब १६ वर्ष भयो । तर कोरोना माहामारीले निम्त्याएको भयावह स्थिती र यसको जोखिम कम गर्न सरकारले लिएको निषेधाज्ञाको नीतिका कारण अचेल पौडेलको घर खर्च धान्न नै गाह्रो हुन थालेको छ । उनका श्रीमान् पनि पार्लरसँगै रहेको आफ्नै कस्मेटीक्स पसल चलाउँदै आएका छन् तर निषेधाज्ञामा सरकारले यो पसल पनि खोल्न नपाईने सूचीमा राखेको छ ।

 १६ वर्ष अगाडी..
करीब १६ वर्ष अगाडीको कुरा हुँदो हो । भक्तपुर लोकन्थलीको चोकमा ‘सेन्टर’ ठानेर कस्मेटिक्स पसलसहित पार्लर किनेकी थिईन् सविताले । आफू ब्यूटीपार्लर  चलाउने अनी श्रीमान् चाहिँ कस्मेटिक्स पसल चलाउँदै व्यवसाय गर्ने सोचमा उनीहरुले यो काम थालेका हुन् । ३ जनाको परीवार राम्रोसँग धानिएको थियो । उनले थपिन्, ‘तर कोभीड १९ को महामारीले व्यवसाय ठप्प भयो । चौपट भयो । नराम्ररी थलियौँ हामी ।’

सिन्धुली स्थायी घर भइ लोकन्थली डेरा गरी बस्दै आएका छन् यी ३ जनाको परीवारलाई घरभाडा व्यवसाय गरेको स्थानको भाडा, खाना, छोरीको विद्यालय शुल्क लगायत खर्चका बाटोहरु धेरै तर आम्दानीको स्रोत शुन्य बराबर भएका कारण निकै अप्ठेरो छ ।

‘कोरोनाकै महामारीको कारण लकडाउन हुँदा ६ महिनासम्म पसल बन्दको बन्द भयो ।’ उनी पोहोरको लकडाउनको कुरा कोट्याउँछिन् ।

कोरोना सर्ने डर र भौतिक दूरी कायम गर्न नमिल्ने भएका कारण लामो समयसम्म पार्लर बन्द गर्नुपर्ने स्थिती आयो । पसल, पार्लर, डेरा भाडाको त समस्या छदैछ पार्लरमा प्रयोग गरीने क्रीम देखी अरु सामानहरु सबै बिग्रेर गए कुनैको ‘डेट इक्स्पाएर’ भएर भने कुनै सामान लामो समय सम्म प्रयोग नगरेर ड्यामेज नै भयो अब पार्लर खुलिहाले पनि प्राय जस्तो सामान नयाँ किन्नुपर्ने अवस्था आएको छ।

उनी दुखको पोको फुकाउँदै छिन्, ‘आफ्नो पार्लर बन्द भएपनि श्रीमान् को पसलबाट कमाई होला भनौ भने त्यो त झनै सम्भव छैन । हाम्रो व्यवसाय झन्डै एउटै किसीमको हो । पार्लर खोल्न नदिएपछि पसल नि खोल्न दिँदैन । आम्दानीको स्रोत भनेकै त्यही थियो सबै ठप्प छ, घर धान्ने कसरी भन्ने नै सोच्न सकेका छैनौँ । पोहोर पनि अरु पसलहरु विस्तारै खुल्दै गए तर पार्लर, सैलुनहरु भौतीक दूरी कायम पनि गर्न नमिल्ने भएकोले झन् धेरै बन्द भयो । हामी त आत्तिसक्यौँ ।’

विभिन्न सञ्चारमाध्यमले बुलेटिनपिच्छे दिने समाचार हेर्दा दिनानुदिन बढेको मृत्युदर, संक्रमणको दर, नयाँ प्रकृतिका भाइरस लगायतका कारण होसहवास नै उडेको छ । ‘संक्रमणदर यसरी नै बढ्यो भने भोलि आफ्नै पालो त आउने हैन भन्ने पनि लाग्छ अहिलेलाई ज्यान जोगाउन नै ठूलो कुरा हो भन्ने लाग्छ तर फेरी सोच्ने गर्छु ज्यान जोगीयो भने श्वास अल्झाउने कसरी ?’ आफैँले आफैँलाई प्रश्न तेर्साउँछिन् उनी ।

उनले ब्युटीपार्लर शुरु गरेको १६ वर्ष भइसकेको छ । पहिला राम्रोसँग पसल खुल्दा कमाइ पनि राम्रै हुन्थ्यो । आफ्नो घर खर्च कटाएर थोरै बचत गर्न पनि थालेकी थिईन् उनले । कहिल्यै सपनामा पनि नसोचेको रोग आएर उठ्नै नसक्ने गरी थला पार्ने भयो । कहिले म्म यस्तो हुने हो अत्तोपत्तो छैन । उनी चिन्ताको श्वास फेर्छिन् ।

दशैँ, तिहार, बिहेको सिजनमा त भ्याइनभ्याइ नै हुन्थिन् उनी । कहिले कपाल स्ट्रेट, कहिले फेसीयल,कर्लि कपाल बनाउनेको लाईनै हुन्थ्यो । दैनिक गर्नुपर्ने थ्रेडिङ त कति हो कति । आज प्याक छ भोलि आउनु है भनेर पठाएको ग्राहक भोलिपल्ट आउँदासम्म साँझ आउनुहोस् भन्दै भ्याईनभ्याई भएका दिनहरु सम्झीने गर्छिन् उनी । बिहेमा जानु थियो मेकअप गर्नुछ भनेर अघिल्लो दिन नै आउने फोन कल आउन छोडेको पनि १ वर्ष हुन लागेछ, उनले थपिन् ।

लकडाउनको कारण साना ठूला व्यापार व्यवसाय र उद्योगहरु सबै मारमा परेका छन् । यतिका वर्ष देखि पार्लर चलाउँदै आएको हाम्रो हालत यस्तो छ भने लकडाउन हुनुभन्दा केही अगाडी मात्र धेरै लगानी गरेर शुरु गर्ने ब्युटिसियनहरुलाई झन् कति गाह्रो भएको होला उनीहरुको त अलिअलि पनि कमाइ भएको थिएन लकडाउन शुरु भयो ।

केहि गम्भीर अवस्थामा रहेका ब्युटिसीयनहरुको सरलताका लागी भनेर सरकारसँग माग नगरेको होइन तर कही कतैबाट सुनुवाइ भएन उनले भनिन् । पार्लरबाट आत्मनिर्भर बन्दै गएका महिलालाई कोभीड महामारीले परनिर्भर बन्न बाध्य बनाएको छ । घर खर्चदेखी छोराछोरीको पढाई खर्च समेत धान्दै आएका महिलाहरु अहिले सामान्य खर्चको लागी पनि अरुको भर पर्नु पर्ने बाध्यता आईलागेको छ ।

कोरोना कहरबाट जोगिन सरकारले निशेधाज्ञा, लकडाउनको नीति लिनु ठिक भएतापनि फोहोरी राजनीतिक खेलबारे समाचार सुन्दा उनलाई दिक्क लाग्छ । कर त दिन पुगेको बेला नतिरे कारवाही हुन्छ । हामी कमसेकम १ वर्ष पूरा हुन थाल्यो यस्तोा हालतमा बसेको न काम न दाम । हामीले खाना खानसम्म अब सोच्नुपर्ने बेला भएको छ । सरकार जिम्मेवार नभएको भन्दै आक्रोशित सुनिएकी उनले अन्तिममा उनले प्रश्न गरिन्, सबै नागरिकलाई खोपको उपलब्धता र वातावरण सहज बनाउन कहिले लाग्छौँ सरकार ?

लेखकबाट थप : 

एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ

निषेधाज्ञामा विद्यार्थीका दुख  : काठमाडौंको बसाई न जागिर, न पढाई !

माईतीले पेवा दिएको भेडाले बदलियो ५६ वर्षिया साहिलीको जीवन, मासिक कमाई ८० हजारसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?