काठमाडौं । वरिष्ठ अधिवक्ता महादेव यादवले नेपालको संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्दा दलको ह्वीप नलाग्ने जिकिर गरेका छन् ।
आज संसद विघटनसम्बन्धी मुद्दामा विपक्षी गठनबन्धनका नेता शेरबहादुर देउवाको पक्षबाट बहस गर्दै अधिवक्ता यादवले कुनै पनि व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि धारा ७६(५) बमोजिम उपधाराको व्यवस्था गरिएको बताए ।
‘७६ (५) अनुसार सरकार गठन गर्दा दलको ह्विप लाग्दैन । व्यक्तिलाई बनाउन यो उपधाराको व्यवस्था गरिएको हो । संसद सदस्यको बहुमत लिएर गएको व्यक्तिलाई नियुक्त गर्नुपर्छ । राष्ट्रपतिको काम संविधानको पालना र संरक्षण गर्ने हो । सरकार बन्न नसेकेको होकी राष्ट्रपतिले सरकार नबनाइदिएको हो ?’ उनले भने ।
त्यस्तै उनले संविधानले ४ प्रकारको सरकार गठनका लागि परिकल्पना गरेको बताउँदै त्यसमा धारा ७६(४) बमोजिम प्रयोग नभएको समेत उनले बताए । त्यस्तै उपधारा ४ बमोजिमको प्रयोग नगरिकन उपधारा ५ मा जान नमिल्ने बताए ।
‘संविधानले चार प्रकारको सरकारको कल्पना गरेको छ । त्यसमा धारा ७६ को उपधारा (४) को प्रयोग भएको छैन । उपधारा ४ को प्रयोग नगरीकन उपधारा ५ मा जान मिल्दैन् । यहाँ त्रुटी छ ।’ उनले भने । ‘१४९ जना सदस्योका हस्ताक्षर छ । धारा ७६ को उपधारा ५ को सरकार गठन गर्दा त्यसमा पार्टीलाई जोड्न मिल्दैन ।’
प्रतिनिधि सभा विघटनको मुद्दामा आजबाट सुनुवाइ शुरु भएको छ । उक्त बहसपछि केहिबेरका लागि ब्रेक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया